कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

मेटलाइफलाई इन्स्योरेन्स एसिया अवार्ड

काठमाडौँ — मेटलाइफ नेपालको वान बाई मेटलाइफ एपले सिंगापुरमा आयोजित नवौं ‘इन्स्योरेन्स एसिया अवार्ड २०२४’ मा दुई विधामा अवार्ड जितेको छ । मेटलाइफको उक्त एपले डिजिटल इन्स्योरेन्स इनिसिएटिभ अफ द इयर–नेपाल र मार्केटिङ इनिसिएटिभ अफ द इयर–नेपाल विधामा अवार्ड पाएको हो ।

मेटलाइफलाई इन्स्योरेन्स एसिया अवार्ड

कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ, मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारी र मेटलाइफको क्षेत्रीय टोलीका सदस्यहरू उपस्थित थिए ।

इन्स्योरेन्स एसिया अवार्डले नवीन उत्पादन, सेवा र समाधानहरूमार्फत आफ्ना ग्राहकमा प्रभाव पार्ने बीमा कम्पनीलाई सम्मानित गर्दै आएको छ ।


प्रकाशित : असार २७, २०८१ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×