कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

ग्लोबल, आईएमई र जाल्सानबीच त्रिपक्षीय सम्झौता

काठमाडौँ — ग्लोबल आईएमई बैंक, आइएमई लिमिटेड र जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र जाल्सानका अध्यक्ष रमेश देवकोटाले हस्ताक्षर गरे ।

ग्लोबल, आईएमई र जाल्सानबीच त्रिपक्षीय सम्झौता

सम्झौताअनुसार जापानमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीलाई सहज शैक्षिक कर्जा प्रवाह गरिनेछ । बैंकले जाल्सानबाट सिफारिस भएका विद्यार्थीलाई जापानका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाका निमित्त आवश्यक शैक्षिक कर्जा प्रवाह गर्ने जनाएको छ ।

जाल्सानमार्फत सिफारिस भएका विद्यार्थी तथा अभिभावकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिएपछि बैंकले शैक्षिक कर्जा प्रदान गर्नेछ ।


प्रकाशित : असार २७, २०८१ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×