कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

मानव सेवा आश्रमलाई नबिल बैंकको २ थान उद्धार बाहन 

काठमाडौँ — नबिल बैंकले मानव सेवा आश्रमलाई दुई थान उद्धार बाहन उपलब्ध गराएको छ । मंगलबार आयोजित कार्यक्रमबीच बैंकले काठमाडौंको बोहोराटारस्थित आश्रममा दुई थान उद्धार बहान हस्तान्तरण गरेको हो ।

मानव सेवा आश्रमलाई नबिल बैंकको २ थान उद्धार बाहन 

बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई उक्त बाहन सहयोग गरेको हो ।


प्रकाशित : असार २७, २०८१ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×