कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

दुबईको क्वालिटी आइसक्रिम नेपालमा

काठमाडौँ — एसआइआइपीएल ग्रुप नेपालले दुबईको क्वालिटी आइसक्रिम आधिकारिक रुपमा भित्र्याएको छ। बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सेलिब्रेटी, इन्फ़्लुएन्सर, एसआइपिपिएलका अधक्ष्य सौरभ ज्योती, प्योर आइसक्रिमका भाइस प्रेसिडेन्ट मजहर अलि ( सेल्स, मार्केटिंग तथा सप्लाई चेन), ज्योती ग्रुपका कर्मचारीबीच औपचारिक रुपमा आइसक्रिमकाे बिक्री सुरु गरेकाे हाे ।

दुबईको क्वालिटी आइसक्रिम नेपालमा

सन् १९७७मा, संयुक्त अरब इमिरेट्सकै पहिलो आइसक्रिम ब्राण्डको रुपमा स्थापना भएको क्वालिटीले आफ्नो उच्च गुणस्तर र स्वादिष्ट फ्लेभर्सले गर्दा विश्वभरकै आइसक्रिम पारखीहरुको रोजाईको ब्राण्ड बनेको छ । गत वर्षको अक्टोबरदेखि, देशभरका डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र क्याफेहरूमा उपलब्ध क्वालिटी आइसक्रिमले हालै आफ्नै किओस्क र कार्टहरु सञ्चालन गरी आफ्नो विशिष्ट स्वादहरूले गर्दा नेपालमा निरन्तर रूपमा लोकप्रियता पाइरहेको छ।

विस्तार योजना अन्तर्गत प्रमुख नेपाली सहरहरूमा विभिन्न आउटलेट, डिपार्टमेन्टल स्टोर्स, शपिंग सेन्टर र रेस्टुरेन्टहरुमा आकर्षक किओस्क र कार्टहरू राखी क्वालिटी आइसक्रिमलाई देशभरका आइसक्रिम प्रेमीहरूको पहुँचमा पुर्याउने योजना रहेको पनि कम्पनीले जनाएको छ। क्वालिटीले पिस्ता, फ्रुट सलाद, म्यांगो, मलाई पिस्ता कुल्फी र कुकीज एण्ड क्रिम जस्ता अन्य धेरै उत्कृष्ट फ्लेभरहरू सहित स्टिक, कप र टबहरूमा अन्तर्राष्ट्रिय स्वादहरू बिक्री गर्दै आएको छ।

प्रकाशित : असार ७, २०८१ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×