कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

नेपालमै उत्पादित हुन्डाई भेन्युको बिक्री सुरु

काठमाडौँ — लक्ष्मी मोटर कर्पोरेसनले हुन्डाई भेन्युको व्यवसायिक उत्पादन गरी बिक्रि वितरण सुरु गरेको छ । हुन्डाई मोटर कम्पनीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले भगिनी संस्था कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यु मोडल उत्पादन गरेको हो । यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु अन्य देशमा उत्पादन हुने सवारीसाधनमा जस्तै हुनेछन् । 

नेपालमै उत्पादित हुन्डाई भेन्युको बिक्री सुरु

हुन्डाइ भेन्युका पहिलो भेरियन्ट ‘भेन्यू एफएल १.२ एस’ ११९७ सीसीको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । दोस्रो भेरियन्ट ‘भेन्यू एफएल १.२ एसएक्स’ ११९७ सीसीको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकिरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युतको खपत साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

पहिलो चरणमा हुन्डाई भेन्युका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केहि समय भित्र नै थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना छ । चालु आर्थिक वर्ष हुन्डाई ग्रान्ड १० एनआईओएस र अल न्यु हुन्डाई क्रेटाको उत्पादन सुरु हुने जनाएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×