कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

श्री डिष्टिलरीकाे बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौँ — श्री डिष्टिलरी लिमिटेडले प्राथमिक सेयर निष्कासन (आइपीओ) का लागि बिकि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आइपीओ निष्कासनका लागि बिहीबार सम्झौता भएको हाे ।

श्री डिष्टिलरीकाे बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

सम्झौतामा श्री डिष्टिलरीका सञ्चालक सनत न्यौपाने र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे । डिष्टिलरीको ९ लाख ६० हजार कित्ता सेयरको बिकि प्रबन्धकमा प्रभुलाई नियुक्त गरेको हो । कम्पनीको कुल ६० लाख कित्ता सेयर संरचनामा १६ प्रतिशत आइपीओका लागि छुट्टाएको छ ।

डिष्टिलरीका सञ्चालक न्यौपानेले लामो समयदेखि मदिरा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको कम्पनीले अब जनतालाई पनि साझेदारी बनाएर अघि बढ्न लागेको बताए । सम्झौतासँगै कम्पनीले आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड समक्ष निवेदन पेस गर्ने बताइएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा दुई तिहाई बढीको समर्थन प्राप्त भएपछि अब प्रधानमन्त्री केपी शर्मा ओली कसरी अघि बढ्लान् ?

×