कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

नाडा अटो शो आगामी भदौमा, स्टल बुकिङ खुल्ला

काठमाडौँ — नाडा अटोमोबाइल्स् एसोसियस अफ नेपालले आगामी भदौ ११ देखि १६ सम्म १६ औं ‘नाडा अटो शो २०२४’ आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुुटीमण्डपमा आयाेजना हुने उक्त प्रदर्शनीको बिहीबारदेखि असार ५ गतेसम्म स्टल बुकिङ खुल्ला गरेको हाे ।

नाडा अटो शो आगामी भदौमा, स्टल बुकिङ खुल्ला

प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुादा सोही अनुरुप रजिष्ट्रेसन गर्न मिल्ने नाडाले छ ।

अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सिर्जनाका लागि विषेश योगदान पुर्‍याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यापारी, उद्यमी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई अटो शो ले सकारात्मक उर्जा एवं नवीनतम् प्रविधिहरुको साक्षात्कार गराउने नाडा अटो शो समितिका संयोजक अनुपकुमार बरालले बताए ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×