कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

'डिजिटल रुपान्तरणलाई अँगाल्दै' आइएमई २४ औ वर्षमा

काठमाडौँ — आइएमई ग्रुपका  सह-सस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिट्यान्सलाइ वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसाय मार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा योगदान  पुर्‍याउने कम्पनीको रूपमा स्थापित भएकाे बताए । 'आइएमई' स्थापनाको २३ वर्ष पुरा गरी २४ औँ वर्ष  प्रवेश गरेकाे अवसरमा 'डिजिटल रुपान्तरणलाई अँगाल्दै' भन्ने मूल नाराका मनाइएकाे छ ।

'डिजिटल रुपान्तरणलाई अँगाल्दै' आइएमई २४ औ वर्षमा

ढकालले रेमिट्यान्स सेवा रकमको औपचारिक आदान प्रदानमा सीमित नरही नागरिकको शिक्षा, स्वास्थ्य लगायतका गुणस्तरीय जीवनयापनको माध्यम बन्नका साथै राष्ट्रको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले सन्देश मार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट आफ्ना ग्राहकहरूको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे । उनले वैधानिक माध्यमबाट रेमिटेन्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायहरूलाई थप विविधीकरण गर्दै लगानी बिस्तार गर्ने पनि उल्लेख गरे ।

कार्यक्रममा वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तर कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उप विजेताहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।


प्रकाशित : जेष्ठ ३१, २०८१ १७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

यातायात व्यवस्था कार्यालयहरूले ट्रायल फेल भएका १९ सयलाई किर्ते गरी लाइसेन्स वितरण गरेको सार्वजनिक भएको छ। यस्तो विकृत्ति रोक्न मुख्य रुपमा के गर्नुपर्छ ?

×