कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

‘एफएबी वेस्ट अफ्रिका २०२४’ मा एशियन थाई फुड्स

काठमाडौँ — एशियन थाई फुड्स नाइजेरियामा आयोजित ‘फुड एण्ड बेभरेजज वेस्ट अफ्रिका २०२४’ मा सहभागि हुने भएको छ । ‘फुड एण्ड बेभरेजेज वेस्ट अफ्रिकामा सहभागी हुने नेपालतर्फको ‘पहिलो र एकमात्र कम्पनी’ रहेको कम्पनीले दाबी गरेको छ ।

‘एफएबी वेस्ट अफ्रिका २०२४’ मा एशियन थाई फुड्स

स्थापनाको २५ वर्ष अवधिमा कम्पनीले नेपालको नूडल्स (चाउचाउ) र स्न्याक्स उत्पादनहरूको बजार विश्वभरिका अनेकौं देशसम्म पुर्‍याउँदै आएको छ । टुपीएम, रमपम र प्रितीजस्ता अनेकौं लोकप्रिय ब्रान्डहरूका उत्पादन गर्दै आएको छ । अमेरिका, अस्ट्रेलिया, युरोप, गल्फ राष्ट्रहरूका साथमा एशियाका अन्य थुप्रै राष्ट्रहरुमा निर्यात हुँदै आएको छ ।

नेपाली खाद्य उत्पादनप्रति पनि अलगै रुचि र आकर्षणको सम्भावना रहेको कम्पनीका प्रबन्धक निर्देशक महेश जाजूले बबताए । अन्तर्राष्ट्रिय व्यापारिक मेला र प्रदर्शनीहरूमा सहभागि हुनु नै बजार विस्तारको रणनीति रहेको उनले सुनाए ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×