कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

सामसङ टिभी खरिदमा ३८ प्रतिशत छुट

काठमाडौँ — सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ । फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टिभीहरूमा ३८ प्रतिशतसम्मको छुट दिएको हाे । यो अफरमा ठूलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निशुल्क साउन्डबार समेत पाउनेछन् ।

सामसङ टिभी खरिदमा ३८ प्रतिशत छुट

यो योजना आगामी असार ३१ सम्म लागू हुनेछ । अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यास ब्याकको अफर रहेको कम्पनीले जनाएको छ । क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै सामसङले जनाएको छ ।

यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि पाइनेछ । जसले ग्राहकहरूलाई १८ महिना अवधिको लागि शून्य प्रतिशत ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सक्नेछन ।

ग्राहकहरुले आफ्नो नागरिकता पेस गरी ईएमआई सुविधा पनि पाइनेछ। ग्राहकहरूको लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई अर्कोस्टोर.कम मार्फत नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज समेत गर्न सकिनेछ ।

निःशुल्क इन्सटलेसन सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी जस्ता सुविधाहरूले सामसङका ग्राहकहरूलाई झन्झटरहित उत्कृष्ट टिभी किन्ने अवसर दिएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×