२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

क्यान महासंघका महासचिव अधिकारीलाई आईसीटी एक्सिलेन्स अवार्ड 

काठमाडौँ — कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का महासचिव चिरञ्जीवी अधिकारीलाई आईसीटी एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ । सोमबार चन्द्रलोक फाउन्डेसनले आयोजना गरेको समारोहमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलेले अधिकारीलाई सो अवार्ड हस्तान्तरण थिए ।

क्यान महासंघका महासचिव अधिकारीलाई आईसीटी एक्सिलेन्स अवार्ड 

क्यान महासचिव अधिकारीले इन्फर्मेसन सेक्युरिटी, आईटी गभर्नेन्स, साइबर सेक्युरिटि, एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका विषयमा काम गरेका छन् ।

अधिकारीले आईसीटी क्षेत्रमा युवा तथा स्टार्टअपको मुद्दा उठाउँदै आएका छन् । सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा संस्थागत तथा व्यक्तिगत रूपमा योगदान दिँदै आएको विज्ञप्तिमा उल्लेख छ । उनी इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम (एनपी सर्ट) र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई) का संस्थापक अध्यक्ष पनि हुन् ।

साइबर सुरक्षा कम्पनी वान कभर प्राइभेट लिमिडेटका प्रबन्ध निर्देशक रहेका उनी सफ्टवेयर कलेज अफ आईटी एन्ड ईकमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्टमा अध्यापन गराउँछन् ।

प्रकाशित : जेष्ठ १५, २०८१ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x