२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

भाष्कर र प्रभुबीच छुट सम्झौता 

काठमाडौँ — प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई विराटनगर–७, मोरङस्थित भाष्कर आई केयर एन्ड ग्लौकोमा सेन्टर प्रालिबीच छुट दिनेसम्बन्धी सम्झौता भएको छ । 

भाष्कर र प्रभुबीच छुट सम्झौता 

अन्तरंग तथा बहिरंग सेवामा ओपीडी सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधि खर्च तथा अन्य सेवामा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक कार्यक्रमबीच भाष्करका सञ्चालन निर्देशक भाष्कर झा र प्रभु बैंकका कोशी प्रदेशका प्रमुख व्यापार केन्द्र अधिकृत बद्रीकुमार समझदारीपत्रमा हस्ताक्षर भयो । छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले प्रभु बैंक लिमिटेडको डेबिट, क्रेडिट तथा प्रिभलेज कार्डमध्ये कुनै एक पेस गर्नुपर्ने जनाइएको छ ।


प्रकाशित : जेष्ठ ११, २०८१ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?