२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

 होण्डाका तीन जना टेक्निसियन पुरस्कृत 

काठमाडौँ — होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ मा तीन जना पुरस्कृत भएका छन् । उक्त कन्टेस्टमा एसटीसी वर्कशप टेकुका प्रलाद दाहाल प्रथम, ओम सत्य साही अटो सीटी प्राली इटहरीका गजेन्द्र बुढाथोकि द्वितीय र एसटीसी वर्कशप कोहलपुरका सन्तोष अर्जेलले तृतिय भएका हुन् ।

 होण्डाका तीन जना टेक्निसियन पुरस्कृत 

प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतियले २० हजार रुपैयाँका साथै सबै सहभागीलाई प्रमाणपत्र दिइएको हाेण्डाले जनाएकाे छ ।होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता अभिवृद्धी गर्ने र बिक्रिपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ आयोजना गरेको थियो ।

नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीअन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरि प्रत्येक क्षेत्र बाट २/२ जना छनोट गरि राष्ट्रियस्तरको प्रतियोगितामा सञ्चालन गरिएको थियो ।

प्रकाशित : वैशाख २, २०८१ २१:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?