२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

कोकाकोलाको ‘ड्रिंक एन्ड विन’ योजना सार्वजनिक

काठमाडौँ — कोकाकोलाले गर्मीेयामको आगमनसँगै उपभोक्ताका लागि ‘ड्रिंक एन्ड विन’ योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोकाकोलाको ‘ड्रिंक एन्ड विन’ योजना सार्वजनिक

उक्त योजनाअन्तर्गत उपभोक्ताले कोकाकोलाका आरजीब (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्को मुनी हेरेर तुरुन्तै पुरस्कार जित्न सक्नेछन् । कम्पनीको यो योजनामार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र यो अफर सीमित समयका लागि मात्र उपलब्ध हुनेछ । ‘ड्रिंक एन्ड विन’ योजना कोकाकोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहने कम्पनीले जनाएको छ ।

प्रकाशित : वैशाख २, २०८१ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?