१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९

पानीपोखरीमा एनआईएमबीको नयाँ शाखा 

काठमाडौँ — नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएको हो ।

पानीपोखरीमा एनआईएमबीको नयाँ शाखा 

यससँगै बैंकको शाखा संख्या २७० पुगेको छ । नयाँ शाखाबाट सोमबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरे । बैंकको २७० शाखा कार्यालय, ६३ वटा एक्सटेन्सन काउन्टर, १ सय १३ वटा शाखारहित बैंकिङ र २६८ वटा एटीएम छन् ।

प्रकाशित : फाल्गुन २२, २०८० ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?