१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

फागुन २४ देखि भृकुटीमण्डपमा ‘चेम्बर एक्स्पो’ 

काठमाडौँ — यही फागुन २४ देखि २८ सम्म काठमाडौंको भृकुटीमण्डपमा ‘चेम्बर एक्स्पो २०२४’ हुने भएको छ । नेपाल नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चरणको ‘चेम्बर एक्स्पो २०२४’ हुन लागेको हो ।

फागुन २४ देखि भृकुटीमण्डपमा ‘चेम्बर एक्स्पो’ 

स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले एक्स्पो हुन लागेको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एक्स्पोमा कृषि सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, हस्तकलाका वस्तु प्रदर्शनीमा राखिने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । घरजग्गा व्यवसाय, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारीसाधन, निर्माण सामग्री, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीसमेत प्रदर्शनीमा रहनेछन् ।

कृषि, हस्तकलालगायत स्थानीय स्तरमा उत्पादित वस्तुको बजार प्रवर्द्धन एवं साना व्यवसायीको आर्थिक गतिविधि विस्तार गर्न एक्स्पोको आयोजना गरिएको अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बर एक्स्पो हुन लागेको हो । प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहने आयोजक चेम्बरले उल्लेख गरेको छ । एक्स्पोमा फोकस कन्ट्रीका रूपमा दक्षिण कोरिया छ ।

नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यावसायिक क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य छ । प्रदर्शनीमा इन्डियन चेम्बर अफ कमर्सको अगुवाइमा भारत आयुष एक्जिबिसन कन्फरेन्ससमेत सञ्चालन हुनेछ । प्रदर्शनीमा नेपालमा रहेका बंगलादेश, रुस र मलेसियाका वाणिज्य शाखाको पनि सहभागिता रहनेछ । बंगलादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीले प्रदर्शनीमा सहभागिता जनाउने बताइएको छ ।

प्रकाशित : फाल्गुन २२, २०८० ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?