कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

अब इजरायलमा पनि लक्ष्मी सनराइज बैंककाे सेवा

फाल्गुन १०, २०८०
अब इजरायलमा पनि लक्ष्मी सनराइज बैंककाे सेवा

काठमाडौँ — लक्ष्मी सनराइज बैंकले इजरायलमा बस्ने नेपालीलाई लक्षित गरी आफ्नो स्थायी प्रतिनिधिमार्फत बैकिङ सेवा फेरि सुरु गरेको छ । बैकिङ सेवालाई अझ प्रभावकारी बनाउन बैंकले स्थायी प्रतिनिधिमार्फत बैकिङ सेवा सुरु गरेको हो ।

इजरायलमा रहेका नेपालीले अब बैंकले तोकेको प्रतिनिधिमार्फत सबै सेवा सुविधा लिन सकिने जनाएको छ । इजरायलबाट नै साधारण बचत तथा रेमिट्यान्स बचत खाता खोल्न सकिने बैंकले जनाएको छ । अन्य खाताको तुलनामा रेमिट्यान्स खातामा बढी ब्याज पाइनेछ । बचत खातामा एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा, ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा नि:शुल्क पाइने बैंकले जनाएको छ ।

ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्न तथा हितग्राही खाताहरू इजरायलबाट पुनः सुरु गर्न सकिनेछ । इजरायलकै मोबाइल नम्बर दर्ता गरी सजिलै मोबाइल बैकिङ सुविधा प्रयोग गर्न सकिनेछ । ग्राहकका चाहनाअनुसार एक बैंकबाट अर्को बैंकमा रकमानान्तरण गर्न, मोबाइल रिचार्ज गर्न, बिजुली, पानी, इन्टरेनटलगायतका महसुल समेत तिर्न सक्नेछ । इसेवा र खल्तीमा पैसा लोड गर्नेलगायत काम इजरायलमै बसेर गर्न सक्ने बैंकले जनाएको छ ।

कमदारलाई छुट्याइएको १० प्रतिशत इजरायलबाटै प्राथमिक सेयर निष्कासन (आईपीओ) मा आवेदन दिन सकिने जनाएको छ । इजरायलसँगै दक्षिण कोरिया, मलेसिया, साउदी अरब, भारत तथा यूएईबाट पनि बैंकले तोकेको स्थायी प्रतिनिधिमार्फत बैंकिङ सेवा दिँदै आएको छ । लक्ष्मी सनराइज बैंकको देशभर २६२ वटा शाखा सञ्चालनमा छन् ।

प्रकाशित : फाल्गुन १०, २०८० १३:०७
×