कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एनसेलको ‘एटीन फर एटीन’ विकास कार्यका लागि १६५ बढी प्रस्ताव

काठमाडौँ — एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत ‘एटीन फर एटीन’ अर्थात १८ का लागि १८ विकास कार्यका लागि १६५ भन्दा बढी प्रस्ताव प्राप्त भएको जनाएकाे छ । कम्पनीले आफ्नो १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा समुदाय स्तरमा लागु हुने गरि यो कार्यक्रम सञ्चालन गरेको हो ।

एनसेलको ‘एटीन फर एटीन’ विकास कार्यका लागि १६५ बढी प्रस्ताव

एनसेलले सातै प्रदेशबाट प्राप्त प्रस्ताव तथा आवेदनहरुको मुल्याकंन गरिरेहको छ । माघ १७ सम्मको समय दिएर ७ वटै प्रदेशका ईच्छुक गैरनाफामूलक संस्थाहरूबाट आ-आफ्नाे स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आहृवान गरेको थियो ।

एनसेलका अनुसार देशैभरीबाट शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा प्रतिकार्य र जिविकोपार्जन सहयोग लगायतका क्षेत्रहरुमा विकास कार्य गर्न उत्साहजनकरुपमा प्रस्तावहरु प्राप्त भएका छन् । लागु हुने आयोजनाले समुदायमा पार्ने प्रभाव, त्यसको दिगोपना, आयोजनालाई थप विस्तार गर्न सकिने सम्भावना लगायतका आधारहरुमा कार्यक्रमहरु छानिने कम्पनीले बताएको छ ।

तोकिएको मापदण्ड र प्रक्रिया पुर्याएर छानिने विकास आयोजनाका लागि कम्पनीले प्रति कार्यक्रम रु १० लाख रुपैयाँ प्रदान गर्नेछ । यस सामाजिक पहल अन्तर्गत कुल १८ आयोजानाहरु छानिने छन् । प्रत्येक एक प्रदेशमा दुई आयोजना लागु गरिनेछन् । बााकी चार आयोजनाहरु प्राप्त प्रस्तावको महत्व र प्रभावका आधारमा छानिएका प्रदेशमा कार्यन्वयन गरिनेछ । विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान दिएको छ ।

प्रकाशित : फाल्गुन १०, २०८० १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?