२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा पाँचथरमा

काठमाडौँ — ग्लोबल आइएमई बैंकले पाँचथरस्थित फिदिम नगरपालिका–१२ डेरी बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने र बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्तरुपमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका हुन् ।

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा पाँचथरमा

बैंकको शाखा रहित बैंकिङ सेवा संख्या २७५ पुगेको छ । शाखा रहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन् । निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी लगायतका सेवा लिन सक्ने बैंकले जनाएको छ । बैंकको देशभर ३५५ शाखा कार्यालय, ३७८ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढि सेवा केन्द्र छन् ।


प्रकाशित : फाल्गुन ९, २०८० १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?