१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चैतमा २५ औं फ्लोरा एक्स्पो हुने

काठमाडौँ — फ्लोरिकल्चर एसोसिएसन नेपालले आगामी चैत १ गते देखि ४ गतेसम्म २५ औं फ्लोरा एक्स्पो २०८० आयोजना गर्ने भएको छ । एसोसियसनले ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ एक्स्पो आयोजना गर्न लागेको हो ।

चैतमा २५ औं फ्लोरा एक्स्पो हुने

एक्स्पोमा ७३ वटा स्टल रहने एसोसियसनका अधयक्ष मीन बहादुर लामाले बताए । प्रर्दशनीमा करिब ४५० भन्दा बढी प्रकारका फुल बिरुवाहरूको प्रदर्शनी तथा खरिद बिक्री हुनेछ । एक्स्पोमा नर्सरी व्यवसायीहरूद्धारा उत्पादित आलंकारिक फूल विरुवा, मौसमी फूल, स्टल सजावट, बगौचा सजावाट, पुष्प सजावट जस्ता उत्कृष्ट विद्याहरूमा प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिने एसोसियसनले जनाएको छ । एक्स्पोमा फूल बिरुवालाई आवश्यक पर्ने मल तथा विषादीको खरिदबिक्रि तथा आधुनिक खेती प्रविधिबारे सूचना आदानप्रदान गरिनेछ ।

प्रकाशित : फाल्गुन ८, २०८० १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?