कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

इस्लिङटन कलेजमा शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्र

काठमाडौँ — इस्लिङट्न कलेजले नेपालको पहिलो शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको उद्घाटन गरेको छ ।

इस्लिङटन कलेजमा शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्र

यही मंसिर २४मा गरिएको उद्घाटन लन्डन मेट्रोपोलिटन विश्वविद्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिहरूसँगको सहकार्यमा आयोजना गरिएको कलेजले जनाएको छ । केन्द्रले नेपालमा साइबर सुरक्षा शिक्षा र अनुसन्धानलाई अगाडि बढाउन इस्लिङटन कलेजको समर्पणलाई बलियो बनाउँछ ।

अनुसन्धान केन्द्रको मुख्य लक्ष्य साइबर सुरक्षा खतरामा अनुसन्धानलाई प्रोत्साहित गर्ने रहेको कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘शैक्षिक कर्मचारी, विद्यार्थी र पूर्व विद्यार्थीहरूले यहाँ गरेको अनुसन्धानका आधारमा साइबर सुरक्षा डोमेनभित्र उदीयमान प्रविधि अन्वेषण गर्ने र प्रशिक्षणमा ध्यान केन्द्रित गरेर साइबर घटनाहरूको डिजिटल फोरेन्सिक अभ्यास गर्ने हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यी लक्ष्य प्राप्त गर्न केन्द्र डिजिटल फोरेन्सिक प्रयोगशाला, सुरक्षा अपरेशन केन्द्र र अनुसन्धान केन्द्रसँग आवश्यक पूर्वाधार छ ।’

शैक्षिक साइबर सुरक्षा अनुसन्धान केन्द्रको स्थापना इस्लिङटन कलेजका लागि मात्र नभई नेपालका लागि पनि महत्वपूर्ण माइलस्टोन रहेको कलेजले जनाएको छ ।

प्रकाशित : मंसिर २५, २०८० २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?