११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज

काठमाडौँ — सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज सञ्चालनमा आएको छ ।

सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज

धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, ०६४ को नियम ७ उपनियम १ अनुसार स्थापना भएको बैंक वा बित्तीय संस्थाले आफ्नो शत प्रतिशत स्वामित्व भएको सहायक कम्पनीमार्फत धितोपत्र दलालका रूपमा काम गर्न सक्ने व्यवस्थाअनुरुप सीबइआईएल सञ्चालनमा आएको हो ।

आइतबार आयोजित एक कार्यक्रममा सिटिजन्स बैंक सञ्चालक समिति अध्यक्ष प्रबलजंग पाण्डेले कम्पनी उद्घाटन गरे । धितोपत्र बजारमा सीबीआईएल सेक्युरिटिजले आफनो छुट्टै पहिचान बनाउने उनको धारणा छ । कुपन्डोलस्थित बैंकको आफ्नै भवनमा कम्पनी सञ्चालनमा ल्याइएको छ ।

‘धितोपत्र बजारमा एक विश्वसनीय धितोपत्र दलालका रूपमा स्थापित हुने उद्देश्यले स्थापित कम्पनीमा अनुभवी कर्मचारीद्वारा छिटो एवं छरितो सेवा प्रदान हुनेछ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ कम्पनीले आफ्ना ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवालगायत डिम्याट खाता तथा केन्द्रीकृत केवाईसी खोल्ने सेवासमेत प्रदान गरिने व्यवस्था गरिएको छ ।’

प्रकाशित : मंसिर २४, २०८० १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?