११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ग्लोबल आइएमई बैंकका ४ नयाँ शाखा सञ्चालनमा

काठमाडौँ — ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

ग्लोबल आइएमई बैंकका ४ नयाँ शाखा सञ्चालनमा

बैंकले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–५, बूढानीलकण्ठ, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुर र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखाबाट आइतबारदेखि नै बैंकिङ सेवा सुरु भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको बताएको छ ।

प्रकाशित : मंसिर २४, २०८० १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपालको पासपोर्ट फेरि पनि विश्व वरीयतामा १०३ औं स्थानमा परेर खराब सूचिमै दर्ज भयो । स्तर उकास्न मुख्य रुपमा के गर्नुपर्छ ?