कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

काठमाडौंको इमाडोलमा सिटिजन्सको शाखा

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९०औं शाखा काठमाडांैको इमाडोलमा सञ्चालनमा ल्याएको छ ।

काठमाडौंको इमाडोलमा सिटिजन्सको शाखा

यससँगै काठमाडांै उपत्यकामा बैंकको ३८ शाखा र वाग्मती प्रदेशमा ५२ वटा शाखा सञ्चालनमा रहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ शाखा सञ्चालनको अवसरमा शाखामा खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाको पहिलो वर्ष नि:शुुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ र लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध रहेको पनि बताइएको छ ।

इमाडोलमा आयोजित एक कार्यक्रमबीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे ।

प्रकाशित : मंसिर १९, २०८० २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x