१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सञ्चालनमा आयो ‘द लन्डन कलेज’ 

काठमाडौँ — एक दशकभन्दा लामो शैक्षिक इतिहास बोकेको आईएसएमटी ग्रुप अफ कलेजले तीनकुनेमा ‘द लन्डन कलेज’ सञ्चालनमा ल्याएको छ ।

सञ्चालनमा आयो ‘द लन्डन कलेज’ 

युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका मुख्य मुख्य सहरमा कलेज सञ्चालन गर्दै आएको यो समूहले युकेकै ‘युनिभर्सिटी अफ इस्ट लन्डन’ बाट सम्बन्धन लिएर ‘द लण्डन कलेज’ सञ्चालनमा ल्याएको हो ।

कलेजले बीएससी अनर्स कम्पयुटर साइन्समा ‘जनवरी इन्टेक’का लागि भर्ना सुरु भइसकेको जनाएको छ । बीएससी अनर्स कम्प्युटर साइन्समा अहिलेको नेपाली बजारको मागअनुसार अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने कलेजको दाबी छ ।

‘द लन्डन कलेजको पठनशैली नवीनतम प्रविधिबाट सिर्जनात्मक किसिमले हुनेछ । बजारमा के कस्तो सीप भएको जनशक्तिको माग भइरहेको छ भन्ने अध्ययन गरेर यसको पाठ्यक्रम तयार गरिएको छ,’ कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कलेजले दिने ज्ञान, सीपबाहेक श्रमबजारमा जाादा चाहिने अन्य आवश्यक सबै सीपसहितको दक्ष जनशक्ति उत्पादन हुन्छ । त्यसका लागि विभिन्न उद्योगसाग सहकार्य हुनेछ ।’

प्रकाशित : मंसिर १८, २०८० २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?