१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

शौर्य सिमेन्ट उद्योगले थाल्यो भारतमा क्लिंकर निर्यात

काठमाडौँ — शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आˆनो क्लिंकर उत्पादन भारतमा निर्यात थालेको छ । शौर्य सिमेन्टका प्लान्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले संयुक्त रुपमा यही मंसिर १६ मा क्लिंकर निर्यात सुरु गरेको उद्योगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

शौर्य सिमेन्ट उद्योगले थाल्यो भारतमा क्लिंकर निर्यात

उदयपुरको चुनढुङगाबाट उत्पादित क्लिंकर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरीय चुनढुंगा समिश्रण रहेको र भारतका सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृत भई निर्यात सुरु गरिएको उद्योगले बताएको छ । उद्योगले ओपीसी ५३ ग्रेड, ४३ ग्रेड र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रकाशित : मंसिर १८, २०८० २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?