१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

शिवम् सिमेन्ट्सद्वारा स्कुल बस र शैक्षिक सामग्री वितरण  

काठमाडौँ — शिवम् सिमेन्ट्स लिले मकवानपुरको हेटौंडा–१७, हटियास्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस र चितवनस्थित भरतपुर–१५, मंगलपुरको विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग वितरण गरेको छ ।

शिवम् सिमेन्ट्सद्वारा स्कुल बस र शैक्षिक सामग्री वितरण  

आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत शिवम् सिमेन्ट्सले स्कुल बस तथा स्कुल ब्याग वितरण गरिएको बताएको छ ।

‘विगतमा पनि हामीले उद्योग सञ्चालित क्षेत्रका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति स्थापना तथा न्यानो कपडा वितरण जस्ता कार्य गर्दै आएका थियौं,’ शिवम् सिमेन्ट्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसै सिलसिलामा यस पटक हामीले लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठनपाठन गर्न थप हौसला मिलोस् भन्ने अभिप्रायले स्कुल ब्याग वितरण गरेका छौं ।’

प्रकाशित : मंसिर १८, २०८० २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?