११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटलबीच समझदारी

काठमाडौँ — सिटिजन्स बैंक इन्टरनेसनल र इन्द्रेणी सुइट होटलबीच एक समझदारी भएको छ ।  सम्झौता अनुसार बैंकका कार्डबाहकले इन्द्रेणी सुइट होटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । 

सिटिजन्स बैंक र इन्द्रेणी सुइट होटलबीच समझदारी

बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले जनाएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न यस्ता सुविधाहरु सञ्चालनमा ल्याउादै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकको देशभर १८९ वटा शाखा, १४९ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरु छन् ।

प्रकाशित : मंसिर १४, २०८० १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?