११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

हुन्डाईको ‘अनबिटेबल एक्सचेन्ज’ बिहीबारदेखि

काठमाडौँ — हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘अनबिटेबल एक्सचेन्ज’ अफर ल्याएको छ । बिहीबारबाट सुरु भएको यो योजनामा जुनसुकै ब्रान्डको गाडी ल्याई हुन्डाईको इन्धनयुक्त वा विद्युतीय सवारीसँग एक्सचेन्ज गर्न सकिनेछ ।

हुन्डाईको ‘अनबिटेबल एक्सचेन्ज’ बिहीबारदेखि

ग्राहकको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी यो अफर ल्याएको कम्पनीले जनाएको छ । यो योजना नेपालभरको हुन्डाई शोरुममा लागु हुनेछ । एक्सचेन्ज अफरअन्तर्गत आफ्नो गाडीको बजारको प्रचलित मूल्यांकनभन्दा थप ५० हजार रुपैयाँ र विद्युतीय गाडी खरिदमा प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँसम्मको गो ग्रीन बोनस प्राप्त गर्नेछन् ।

विभिन्न मोडहलको खरिदमा ६ लाख रुपैयाँ नगद आकर्षक छुट पाइनेछ । हुन्डाईको शोरुममा गएर आफ्नो गाडीका मूल्याकंन गराई गाडीको टेष्ट ड्राइभ गरी आकर्षक उपहारसमेत जित्न सक्नेछ । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ । हन्डाईका देशभर १७ वटा शोरुम, सर्भिस सेन्टर र ४३ वटा चार्जिङ प्वइन्टसमेत उपलब्ध छ ।

प्रकाशित : मंसिर १४, २०८० १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?