२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच समझदारी 

काठमाडौँ — प्रभु क्यापिटल लिमिटेड र एन्ट फाउन्डेसनबीच समझादारी भएको छ ।  प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसनका फाउन्डर प्रशान्त ताम्राकारले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच समझदारी 


फाउन्डेसनको क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा आफ्नो ऐक्यबद्धता जनाउँदै प्रभुले सामाजिक उत्तरदायित्व कोष मार्फत आर्थिक सहयोग गरी उक्त क्याम्पेन सहकार्यको सम्झौता गरेका हो । सम्झौताअनुसार प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत ‘प्रभु ऐश्वर्या योजना’ मा आबद्व हुने महिला दिदीबहिनीबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्कबाट ५० सेवाा शुल्क बराबरको रकम र उक्त योजनाबाट प्राप्त हुने मुनाफाबाट २० प्रतिश रकम फाउन्डेसनलाई दिनेछ ।

उक्त रकम फाउन्डेसनले महिला सशक्तिकरण तथा महिलामा हुने ब्रेस्ट क्यान्सरसम्बन्धी सचेतनामूलक कार्यक्रमका लागि खर्च गर्ने छ । महिलालाई केन्द्रित गरी सञ्चालित यो लगानी व्यवस्थापन सेवामा महिला ग्राहकले न्यूनतम ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा सुरु गर्न सक्नेछन् ।

प्रकाशित : मंसिर १३, २०८० १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?