१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

नेशनल लाइफले इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई हरेक वर्ष २५ लाख दिने

काठमाडौँ — नेशनल लाइफ इन्स्योरेन्सले काठमाडाैं इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थलाई हरेक वर्ष २५ लाख रुपैयाँ दिने भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्स्टिच्युटको तर्फबाट संस्थापक अध्यक्ष भगवान कोइरालाले सोमबार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नेशनल लाइफले इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई हरेक वर्ष २५ लाख दिने

बुढानिलकण्ठ नगरपालिका ७ मा निर्माणाधीन दुई सय शय्या क्षमताको बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाइफ इन्स्योरेन्सले तीन वर्षसम्म प्रति वर्ष २५ लाख रुपैयाँ वित्तीय सहयोग उपलव्ध गराउने जनाएको छ ।

सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता बापत २५ लाख रुपैयाँको चेक समेत हस्तान्तरण गरे । कोइरालाले नेपालका सबै बाल बालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पुर्‍याउने उद्देश्यले परियोजना सञ्चालन गर्न लागिएको जानकारी दिए ।

प्रकाशित : मंसिर १२, २०८० १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?