१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बैतडीमा 

काठमाडौँ — ग्लोबल आइएमई बैंकको ३५१ औं शाखा बैतडीको पाटन बजारमा सञ्चालनमा आएको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको पाटन शाखाको उद्घाटन गरे ।

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बैतडीमा 

नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयको संख्या ३५१ पुगेको छ । ग्लोबल आइएमई बैंकको ७७ जिल्लामा ३५१ शाखा, ३६९ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर सञ्चालनमा छन् । बैंकको ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।

प्रकाशित : मंसिर ११, २०८० १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?