१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

साइमेक्स इन्कले सुरु गर्‍यो भूकम्प सहायता कोष

कान्तिपुर संवाददाता

काठमाडौँ — जाजरकोट र रुकुम पुर्वका भूकम्प प्रभावित समुदायका लागि ग्राहकसँगको सहकार्यमा बीवाइडीकाे आधिकारिक  विक्रेता साइमेक्स इन्कले भूकम्प सहायता कोष सुरु गरेको छ । यो योजना मंसिर २३ सम्म लागु हुनेछ ।

यसअन्तर्गत हरेक बीवाइडी डल्फिन बुक गरेको खण्डमा १० हजार, बीवाइडी एट्टो ३ बुक गरेमा २० हजार रुपैयाँ भूकम्प सहायता कोषमा जम्मा गरिनेछ । यी बुकिङबाट जम्मा भएको रकम भूकम्प पीडितलाई सहयोग गर्ने साइमेक्स इन्कले जनाएको छ । साइमेक्स इन्क प्रमुख कार्यकारी अधिकृत साहित श्रेष्ठले अग्रिम बुकिङ गरी भूकम्प सहायता कोषमा योगदान गरेका ग्राहकको नाम सामाजिक सञ्जालमा प्रकासन गरिने बताए । कम्पनीले यसअघि पनि सानीभेरी गाउँपालिकाका भूकम्प प्रभावितका लागि ११ लाख रुपैयाँ सहयोग गरेको थियो ।

प्रकाशित : मंसिर ५, २०८० १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?