१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

मेटलाईफको व्यतित बीमालेख पुनर्जागरण गर्न पाइने

कान्तिपुर संवाददाता

काठमाडौँ — मेटलाइफ नेपालले बीमालेख पुनर्जागरण अभियान सञ्चालनमा ल्याएको छ । नोभेम्बर ७ मा सुरु भएको यो अभियान अवधिमा कम्पनीले व्यतित बीमालेखमा लिइने विलम्ब शुल्क छुट दिनेछ ।

यो अभियानअन्तर्गत मेटलाइफले बीमा अवधिको निर्धारित मिति समाप्त भएको व्यतित जीवन बीमालेखमा लागू हुने बिलम्ब शुल्कको सय प्रतिशत छुट दिने जनाएको छ ।

मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले यो अभियानले मेटलाइफको ग्राहकलाई व्यतित बीमालेख पुर्नजागरण गरी आफनो र आफनो परिवारलाई निरन्तर सुरक्षा कायम राख्न मद्दत पुग्ने बताए ।


प्रकाशित : मंसिर ५, २०८० १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?