सूर्यज्योति लाइफको ‘सूर्यज्योति सहि प्लान’ सार्वजनिक

काठमाडौँ — सूर्यज्योति लाइफले ‘सूर्यज्योति सहि प्लान’ सार्वजनिक गरेको छ । बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र सूर्यज्योति कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कम प्रिमियममा ठुलो बीमा गर्न मिल्ने योजना ल्याउन सकेको भन्दै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले गरिवले पनि बीमा गर्न सक्ने बताए । जनताले लिन सक्ने परम्परागत पोलिसी भन्दा एकदमै इनोभेटिव र भिन्न बिशेषता सहितको प्रोडक्ट बजारमा आएको उनको भनाइ छ । सूर्यज्योतिको भिन्न पोलिसिबाट आम जनता लाभावन्तित हुने उनले बताए ।
यो योजनामा थोरै प्रिमियममा ठुलो बीमा लिन सकिने, ७० वर्ष पुगेपछि तिरेको सम्पुर्ण प्रिमियम फिर्ता हुने, आर्थिक सुरक्षा आजीवन रहने र तिरेको प्रिमियमको ६ गुणा सम्मको रकम फिर्ता हुने हुनेछ । ऐच्छिक सुविधाअन्तर्गत सर्वाधिक ३५ घातक रोगबिरुद्ध रु ५० लाख रुपैयाँसम्मको पनि आर्थिक रक्षावरण गर्न सकिने जनाएको छ ।
नेपाली जीवन बीमा क्षेत्रमा एकदमै नयाँ सोचका साथ आम मानिसहरुको आवश्यकता र परिस्तिथिलाई मध्यनजर गर्दै आकर्षक र उत्कृष्ट सुविधासहितको ‘सहि प्लान’ पहिलो पटक ल्याएको कम्पनीका अध्यक्ष भट्टराईले बताए ।
