९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

नगरकोटमा सोल्टी होटल्सको ‘सोल्टी वेस्टेन्ड रिसोर्ट्स’

कान्तिपुर संवाददाता

काठमाडौँ — सोल्टी होटेल्सले नगरकोटमा ‘सोल्टी वेस्टेन्ड रिसोर्ट्स’ को ब्राण्ड व्यवस्थापन गरेको छ । सोल्टी होटेल्स तथा रिसोर्टस्को व्यवस्थापनमा सञ्चालनमा आएको तायो इकोरिसोर्ट नगरकोट रिसोर्ट सोल्टी वेस्टेन्ड रिसोर्ट्स नगरकोटको नाम तथा ब्राण्डमा व्यवस्थापन गर्ने जिम्मा लिएको हो ।

नेवारी शैलीमा निर्माण भएको तायो इकोरिसोर्ट नगरको पुसदेखि परीक्षण सञ्चालनमा थियो । द सोल्टी होटल्स एण्ड रिसोर्ट्स नेपालको आतिथ्य अर्को सोल्टी वेस्टेन्ड रिसोर्ट्स नगरकोट सञ्चालनमा आएको छ ।

तायो इको रिसोर्टको नामबाट परीक्षण सञ्चालनमा रहेको उक्त रिसोर्टस सोल्टी वेस्टेन्ड रिसोर्ट्स नगरकोट सोल्टीकाे ब्रान्ड विस्तारको यात्रा हो । सोल्टी वेस्टेन्ड रिसोर्ट्स नगरकोट शान्ती डाडामा अवस्थित सुन्दर विश्राम स्थल हो । सोल्टी वेस्टेन्ड रिसोर्ट्स नगरकोट रिसोर्टमा १२ वटा मनमोहक दुईतले साना तथा चिटिक्कका भवन छन्, जसमा कुल ४२ विलासीतायुक्त, १० वटा लक्जरी भिल्ला र २ सुइट समावेश छन् ।

प्रकाशित : कार्तिक ३०, २०८० १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?