९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

भूकम्प प्रभावितलाई नेपाल लाइफ इन्स्योरेन्सको राहत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट र रुकुम पश्चिमका भुकम्प प्रभावितका लागि १० लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले १० लाख रुपैयाँ बराबरको राहत सामाग्री उपलब्ध गराएको हो । 

भूकम्प प्रभावितलाई नेपाल लाइफ इन्स्योरेन्सको राहत

नलगाड नगरपालिकालाई २०० थान, भेरी नगरपालिकालाई २०० थान र आठबिसकोट नगरपालिका रुकुम पश्चिमलाई ३०० थान गरि कुल ७०० थान कम्बल कम्पनीका कर्णाली प्रदेश प्रमुख अन्नत अधिकारीले हस्तान्तरण गरेका हुन् । कम्पनीले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका भुकम्प प्रभावितलाई ७ सय थान कम्बल दिएको हो ।

प्रकाशित : कार्तिक ३०, २०८० १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?