काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टकाे डिनमा विजय केसी

काठमाडौँ — काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)को डिनमा प्राध्यापक डा विजय केसी पुनः नियुक्त भएका छन् । नेपालमै पहिलो पटक मास्टर्स अफ विजनेस एड्मिनिस्ट्रेसन (एमबिए) भित्र्याएका केसी तेस्रो पटक डिन नियुक्त भएका हुन् ।

पहिलो पटक केसी सन् १९९२ मा डिन बनेका थिए । डिन बनेर केसीले १४ वर्ष कुसोमको नेतृत्व गरेका थिए । त्यसपछि उनी पुन दोस्रो पटक सन् २०१७ मा डिन बने । काठमाडौं विश्व विद्यालयको सञ्चालक समितिले केसीले तेस्रोपटक डिन नियुक्त गरेका हुन् ।