९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

सेल्सबेरीमा सामान किन्दा ३० प्रतिशतसम्म छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — सेवा सुरु गरेको ३०औं वर्षका अवसरमा सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक सामान खरिदमा भारी छुटको अफर ल्याएको छ ।

सेल्सबेरीमा सामान किन्दा ३० प्रतिशतसम्म छुट

सेल्सबेरीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको हो । यो अफर शनिबार र आइतबार लागू हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

खाद्यान्नलगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानमा छुट–बहारको अफर ल्याइएको संस्थाले जनाएको छ ।

संस्थाका अनुसार यो छुट काठमाडौं र पोखराका सम्पूर्ण शाखामा उपलब्ध हुनेछ । साथै ५ हजार रुपैयाँभन्दा माथिको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था छ ।

प्रकाशित : कार्तिक २४, २०८० २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?