९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

एनसेलका ७ जना भाग्यशाली ग्राहकलाई स्कुटर

कान्तिपुर संवाददाता

काठमाडौँ — एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाका विजेता ७ जना ग्राहकलाई स्कुटर हस्तान्तरण गरेको छ ।

एनसेलका ७ जना भाग्यशाली ग्राहकलाई स्कुटर

एनसेलको १८औं वार्षिकोत्सवका अवसरमा सञ्चालित ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत बम्पर पुरस्कारस्वरूप ७ जना विजयी ग्राहकले १/१ स्कुटर जितेका थिए ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ बानेश्वर एनसेल सेन्टरबाट एक बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरे ।

बिहीबार कास्कीका अशेष पालिखेलाई एनसेल सेन्टर पोखरा, मंगलबार र बुधबार विराटनगर, जनकपुर, धनगढी र भैरहवास्थित एनसेल सेन्टरमा बम्पर पुरस्कार विजेतालाई स्कुटर हस्तान्तरण गरिएको थियो ।

विराटनगर, जनकपुर, भैरहवा र हेटौंडाका बम्पर पुरस्कार हस्तान्तरण गरेको थियो । यो योजना भदौ ३१ बाट सुरु भई २८ सम्म चलेको थियो ।

प्रकाशित : कार्तिक २४, २०८० २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?