९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दराजसँग नबिल बैंकको ईएमआई अभियान

कान्तिपुर संवाददाता

काठमाडौँ — नबिल बैंकले क्रेडिट कार्ड होल्डर ग्राहकलाई लक्ष्य गरी निःशुल्क ईएमआई अभियानका लागि दराजसँग सहकार्य गरेको छ ।

दराजसँग नबिल बैंकको ईएमआई अभियान

नबिल क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट वस्तुहरू खरिद गर्दा कुनै अतिरिक्त शुल्कबिनै खरिदको रकमलाई ६ महिने मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन् । ग्राहकले नबिल बैंकको क्रेडिट कार्ड प्रयोग गरी दराजमा खरिद गरेर सहजै यो अभियानको फाइदा लिन सक्नेछन् ।

यो सुविधाका लिन आफ्नो क्रेडिट कार्ड बिलिङअघि नै बैंकमा दर्ता भएको इमेलबाट आवेदन दिनुपर्नेछ । ईएमआई रूपान्तरणका लागि तोकिएको अवधि खुलाई नबिल बैंकमा आवेदन दिनुपर्नेछ । तत्कालका लागि ५ हजारदेखि दुई लाखसम्मको सामान खरिदमा यस्तो सुविधा दिइएको छ ।

नबिलका ग्राहकले डेबिट कार्ड प्रयोग गरी दराजको ११ः११ योजनामा सामान खरिद गर्दा १५ प्रतिशत नगद छुट र क्रेडिट कार्ड प्रयोग गर्दा २० प्रतिशत नगद छुट पाइने भएको छ ।

प्रकाशित : कार्तिक २४, २०८० २१:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?