प्रभु क्यापिटल र एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजबीच समझदारी

काठमाडौँ — प्रभु क्यापिटल लिमिटेड र एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजबीच विद्यार्थीलाई पुँजी बजारको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्नेबारे समझदारी भएको छ ।

प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजका सञ्चालक अभिषेक के कार्कीले समझदारीपत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थी र कर्मचारीलाई आफ्नो सेवामा सहुलियतसँगै विद्यार्थीको आवश्यकताबमोजिम पुँजीबजार सम्बन्धी सामान्य, आधारभूत तथा प्राविधिक विश्लेषणसम्बन्धी ज्ञान तथा तालिम प्रदान गर्नुपर्नेछ ।