भूकम्पपीडितलाइ रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कंमल

काठमाडौँ — रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भूकम्पपीडितका लागि पाँच लाख रुपैयाँ बराबरको न्यानो कंमल प्रभावित क्षेत्रमा पठाएकाे छ ।
जाजरकोट केन्द्रबिन्दु भई गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट प्रभावित जाजरकोटस्थित नलगाड नगरपालिकाका स्थानीयकालागि न्यानाे कंमल पठाएकाे हाे । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत सामग्री पठाएकाे हाे ।