ठिमीका गोकुल लामिछानेले जिते होण्डाको १० लाख

काठमाडौँ — होण्डाको मोटरसाइकल तथा स्कुटरको दशैँ तिहारको आकर्षक उपहार योजना ‘दशैँमा दस लाख’ अन्तर्गत ठिमीका गोकुल लामिछानेले १० लाख रुपैयाँ जितेका छन् । गठ्ठघरस्थित मेट्रो अटो सेन्टरबाट ग्राजिया एसटीडी बीएस६ खरिद गरेका लामिछानेले स्क्रयाच कुपन मार्फत १० लाख रुपैयाँ जितेका हुन् ।

होण्डा टु व्हिलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकवर्गको उत्साहजनक सहभागिताका कारण यो योजना अवधिलाई छठ सम्म थप गरेको छ । ‘दशैँमा दस लाख’ उपहार योजना अन्तर्गत अन्य थुप्रै ग्राहकले २५ हजार रुपैयाँदेखि २ लाख सम्मको पुरस्कार जितिसकेको कम्पनीले जनाएको छ ।
प्रकाशित : कार्तिक २४, २०८० १८:०३