९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

इलेक्ट्रिक सवारी एप ‘ई–ड्राइभ नेपाल’ सञ्चालनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड सेयरिङ एप ‘ई–ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ ।

इलेक्ट्रिक सवारी एप ‘ई–ड्राइभ नेपाल’ सञ्चालनमा

ई–ड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैयाँ लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा सुरु गरेको हो ।

अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बिमा, ओपीटी प्रणाली र जीपीएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकाले ‘ई–ड्राइभ नेपाल एप’ सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ ।

हाल कम्पनी आफैले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ । थप सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले बताएको छ ।

प्रकाशित : कार्तिक २४, २०८० २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?