९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दराजको ११.११ अभियानमा सिटिजन्स बैंकका ग्राहकलाई छुट

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंक र दराजले बैंकका कार्डबाहक ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट दिने गरी सम्झौता गरेको छ । यो योजना  कातिक २५ गतेदेखि लागू हुनेछ । 

दराजको ११.११ अभियानमा सिटिजन्स बैंकका ग्राहकलाई छुट


सिटिजन्स बैंकका ग्राहकले अनलाइन सामान खरिद गरी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा दुई हजारसम्म छुट पाइनेछ । ग्राहकले क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा २५ सय रुपैयाँसम्म छुट पाइनेछ । अग्रिम भुक्तानी छुट सीमित अवधिको लागि मात्र लागू हुनेछ ।

सिटिजन्स बैंककाे देशैभर १८८ वटा शाखा, १४८ वटा एटिएम सञ्चालनमा छन् । बै‌ंकले ९७ वटा शाखा रहित बैंकिङ इकाईबाट १६ लाख ७२ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित : कार्तिक २४, २०८० १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?