कुसोमको डिनमा केसी

काठमाडौँ — काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) को डिनमा प्राध्यापक विजय केसी पुनः नियुक्त भएका छन् ।

नेपालमै पहिलो पटक मास्टर्स अफ बिजनेस एड्मिनिस्ट्रेसन (एमबीए) भित्र्याएका केसी तेस्रो पटक डिन नियुक्त भएका हुन् । पहिलो पटक केसी सन् १९९२ मा डिन बनेका थिए ।
डिन बनेर केसीले १४ वर्ष कुसोमको नेतृत्व गरेका थिए । त्यसपछि उनी पुनः दोस्रो पटक सन् २०१७ मा डिन बने । काठमाडौं विश्व विद्यालयको सञ्चालक समितिले केसीले तेस्रो पटक डिन नियुक्त गरेको हो ।