९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

एभरेस्ट बैंकको सञ्चालक समिति अध्यक्षमा बालगोपाल वैद्य

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेस्ट बैंकको सञ्चालक समिति अध्यक्षमा बालगोपाल वैद्य नियुक्त भएका छन् ।

एभरेस्ट बैंकको सञ्चालक समिति अध्यक्षमा बालगोपाल वैद्य

एभरेस्ट बैंकको ३६०औं सञ्चालक समिति बैठकले सञ्चालक समिति सदस्य डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

वैद्यले नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहेका वैद्य लामो समयदेखि अर्थविज्ञका रूपमा समेत परिचित छन् ।

प्रकाशित : कार्तिक २४, २०८० २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?