भूकम्प प्रभावितलाई एसबीआई बैंकको २० लाख

काठमाडौँ — नेपाल एसबीआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भूकम्प प्रभावितलाई राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपाल एसबीआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई चेक हस्तान्तरण गरे ।
यसअघि नै बैंकले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि कात्तिक १८ मा आवश्वयक खाद्यान्न खरिद गरी सघाएको थियो ।