कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

दराजबाट सामान किन्दा सानिमा बैंकका कार्डबाहकले छुट पाउने

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंको अवसरमा सानिमा बैंकका कार्डबाहकले दराजबाट सामान किन्दा छुट पाउने भएका छन् ।  बैंक र दराजबीच दसैं धमाका योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

‘योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट पाउने छन्’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम १ हजार ५ सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्मको छुट पाउन सक्ने छन् ।’ छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । क्रेडिट कार्ड प्रयोगकर्ताले मासिक किस्ताबन्दी सुविधा पनि पाउने विज्ञप्तिमा जनाइएको छ । यो योजना असोज १७ देखि ३० गतेसम्म १४ दिनका लागि लागू हुनेछ ।


प्रकाशित : आश्विन १६, २०८० १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?